नेपालले उपाधिको लागि युएईसँग खेल्दै
काठमाडाैं | कात्तिक १०, २०८०
तस्बिर फाइल
काठमाडौं: नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो ।
नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो । दुबै टोलीको समान २ अंक थियो । उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ । युएई नेपाललाई फाइनलमा हराउने सोचमा हुनेछ ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।
नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

